फिल्म । केवल तामाङको निर्माण तथा निर्देशनमा तयार हुने फिल्म ‘मायाका रङ्गहरु’ मा सुनिल थापा र बुद्धी तामाङ अनुबन्धित भएका छन् । यसमा यसअगाडि नै पल शाह र कुन्दन भारद्धाज कलाकारको रुपमा जोडिएका थिए । लाइनअप बलियो गर्दै निर्देशक तामाङले कलाकार जोडिएको बताए । फागुन अन्तिम सातादेखि भारतको सिक्किममा छायांकन गरिने फिल्म प्रमिस ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुनेछ ।
पुनम तामाङ प्रस्तुतकर्ता रहको फिल्मका निर्माता आर.बी थाङदेन हुन् । फिल्ममा भद्र भुजेल र रामा मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञावालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ,मेचु धिमाल र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ ।
फिल्मका सह-निर्माता जेनिश न्यौपाने र दिपेन्द्र चिलवाल हुन् । फिल्मको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् । पर्यटन पर्वद्वनको लागि फिल्म भन्ने उदेश्यले आफुले यो फिल्ममा निर्माण गर्न लागेको निर्देशक तामाङले बताए ।










