फरहानलाई ‘बाइकट’

फिल्म । भारतमा नागरिकता संशोधन कानूनले निकै चर्चा पायो । विशेष गरि मुम्बईमा यसको विरोधमा नागरिकले निकै समय खर्चिए । यसको समर्थन केहि बलिउड कलाकारले गरे भने केहिले गरेनन् । यसको प्रभाव यतिबेला देखिन थालेको छ । पछिल्लो समय रिलिज भएको फिल्म ‘दबंग ३’ मा समेत यसको असर परेको थियो । भने , यतिबेला यसको असर तुफानमा परेको छ । ‘भाग मिल्खा भाग’ जस्तो फिल्म निर्देशन गरेका राकेश ओमप्रकास मेहरा र मिल्खाको भूमिका निभाएका फरहान अख्तर अभिनित फिल्म ‘तुफान’ को फस्टलुक रिलिज गरिएको छ ।

जहाँ फरहानले गरेको मेहनत देखिन्छ । उनले आफुलाई यसको योग्य बनाउन निकै मेहनत गरेका छन् । तर , फ्यानले ट्विटरमा ‘बाइकट तुफान’ को ट्रेण्डिङ सुरु गरेका छन् । आउँदो गान्धी जयन्तिमा रिलिज हुने फिल्ममा फरहान एक बक्सरको भूमिकामा छन् । पछिल्लो समय उनले आफ्नो निर्देशन गर्ने भनिएको केहि फिल्म छाडेर यसको लागि समय निकालेका थिए । (एजेन्सी)

कमेन्ट गर्नुहोस्