फिल्म । वसन्तपन्चमीको दिन पारेर निर्देशक दीपक श्रेष्ठको निर्माणसंगै निर्देशन रहने फिल्म ‘घिन्ताङ्ग’को शुभमुर्हूत गरिएको छ । उपत्यकाको कमलादी स्थित गणेश मन्दिरमा मुहुर्त गरिएको फिल्म आउँदो शुक्रबारबाट फ्लोरमा जानेछ । अन्तरजातिय सम्बन्धको कथा बोल्ने फिल्ममा निम्न वर्गीय एकल पुरुष र एकल महिलाको जीवनमा आउने उतार चढावलाई प्रस्तुत गर्नेछ ।
सात बर्षपछि निर्देशनमा कमव्याक गर्ने तयारीमा रहेका श्रेष्ठले पहिलो पटक नयाँ पुस्ताको सोच अनुसार समाजिक जनरा रोजेको बताए । नयाँ जोश र जाँगरका साथ उत्कृष्ट कथामा दर्शकको मन जित्ने दाबी निर्देशक श्रेष्ठको छ । गौरव पहाडी र लक्ष्मी वर्देवाको मुख्य भूमिका रहने फिल्ममा चौतारीमा मादल बजाएर बेच्ने धने र ब्राम्हमण परिवारकी महिलाको प्रेम कथालाइ देखाइने बताइएको छ ।
फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ र ४ जना बालकलाकारको अभिनय रहने समेत निर्देशक श्रेष्ठले बताए । घिन्ताङ्गको कथा साहित्यकार मन्दिरा मञ्जुश्रीले लेखेकी हुन् । मञ्जुश्रीले यो कथालाई एक संचार माध्यममा मासुको मुल्य शिर्षकमा प्रकाशित गरेकी थिइन् । दीपक शर्माको संगीत रहेको ‘घिन्ताङ’मा संकल्प भुजेलले छायांकारको जिम्मेवारी सम्हाल्दै छन् भने प्रोडक्सन डिजाइनरको रुपमा पुष्कर लामा रहेका छन् । ।
मुहुर्त समारोहमा चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष राजकुमार राइ , चलचित्र पत्रकार संघका महासचिव समीर बलामी , निर्देशक दीपाश्री निरौला , वितरक करण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।












