घोषणा भयो ‘सरौतो’

फिल्म । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ’सरौतो’ घोषणा गरिएको छ । एक्सन जनरामा बन्ने फिल्मलाई हरी हुमागाईले निर्देशन गर्नेछन् । सिनेम्याटोग्राफरको रुपमा चिनिएका हरीले केहि एड र भिडियो निर्देशन गरिसकेका छन् । उनले भिडियोपछि फिचर फिल्म निर्देशनमा हात हालेका हुन् । स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा सह (निर्माताको रुपमा श्री महर्जन रहेका छन् । घोषणा कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष शन्तवीर लामाले शुभकामना दिएका थिए ।

एक्सन र रिभेन्जको कथामा बन्ने फिल्ममा सुमी मोक्तान , सन्नी सिंह , विजय लामा , युवराज लामा , आमिर गौतम , अरुणा कार्की , पराकर्म पीजेबी राणा , सम्पदा दाहाल , सुवाङ्गम शाह , लियो ट्यांक , मनिषा पुन मगर , प्रतिक दुलाल , मनोज तामांग लगायतको अभिनय रहेको छ । फिल्ममा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , राजकुमार उप्रेतीको एक्सन रहनेछ । यसमा राजन राज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्री , कोसिस क्षेत्रीको संगीत रहनेछ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , श्रेया सोतांग र केतन क्षेत्रीको स्वर रहनेछ । फिल्मको छायांकन माघ २२ बाट सुरु हुनेछ भने यसलाई काठमाडौँ , सिम्रौनगठ लगायतका स्थानमा छायांकन गरिनेछ । फिल्मलाई उपत्यकामा गोपाल काजि कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्