फिल्म । डेब्यु फिल्म ‘इन्टु मिन्टू लण्डनमा’ मार्फत दर्शकले नोटिस गरे पनि त्यसपछि नायक धिरज मगर पर्दामा फर्किएका छैनन् । दोस्रो फिल्म पनि निर्देशक रेनशा वान्तवा राईसंगै गरेका धिरजलाई दर्शकले डान्सरको रुपमा हेर्न पाउने छन् । ‘आइएम ट्वान्टी वान’ मा धिरजले जसिता गुरुङसंग जोडी बाधेका छन् । नृत्यलाइ केन्द्रमा राखेर तयार गरिएको फिल्म आउँदो वर्षको भदौमा रिलिज हुने तयारीमा छ ।
केही हप्ता अगाडि छायांकन सकिएको फिल्म तीजको अवसर पारेर रिलिज गर्न लागेको वुझिएको हो । भदौ १८ गतेबाट प्रदर्शन गर्ने तयारीमा यसको निर्माणपक्ष रहेता पनि निर्देशक राइले भने नयाँ वर्षमा औपचारिक रुपमा घोषणा गर्ने बताउछिन् ।
कमेन्ट गर्नुहोस्










