आउँदो शनिवारबाट ‘ट्वान्टी फर्स्टलभ’ सिजन २

टिभी । लोकप्रिय सिरिज ‘ट्वान्टी फर्स्टलभ’ (सिजन अफ लभ टू) को ट्रेलर रिलिज भएको छ । आउँदो हप्ता शनिबारबाट एपिसियोड सुरु हुने सिरिजको शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरियो । प्रेमिल कथा बोलेको ट्रेलरलाई उपस्थितले रुचाएका थिए ।

एशियन म्युजिकको तर्फबाट निर्माण भएको यो सिरिज ‘ट्वान्टी फर्स्टलभ’को सफलता पछिको दोश्रो संस्करण हो । किशोर किशोरीको प्रेम कथाको संग्रहको रुपमा आउँदै गरेको सिरिजले फरक फरक प्रेमी जोडीको फरक प्रेमकथा बोल्नेछ । निर्माण कम्पनि एसियन म्युजिकका ईश्वर गुरुङले पछिल्लो पुस्तालाई तार्गेट गरेर तयार पारिएको सिरिज सबै वर्गका दर्शकहरुको लागी मनोरञ्जनको खुराक बन्ने दाबी गरे । पहिलो संस्करणलाई जस्तै माया र साथ दर्शकबाट पाउने उनको अपेक्षा छ ।

एशियन म्युजिकको अफिसियल युट्युव च्यानल र आइफिलिक्समा उपलब्ध हुने यो सिरिजमा कथा र निर्देशन विभोर पोखरेलको छ । कविता आले, संयोग गुरागाइँ, स्नेहा पौडेल, रिजन थापा, फिरोज बस्नेत, स्मृति श्रेष्ठ, कौशल नेपाल, रेजिना खड्का, राजु गायब, पङकज ठकुरी, आयुश्री घिमिरे, कमल अधिकारी, राज राठोर,ब्राह्मी पोखरेल, इभन गुरुङ र बिक्रम तामाङ अभिनयमा छन् । नहकुल खड्काको सम्पादन रहँदा छायाँकन मिलन शंकरले गरेका छन् । सिरिजमा राजन तिमिल्सिना, चन्द्रसिंह घले र सञ्जिब पुडासैनीको संगीत छ ।

कमेन्ट गर्नुहोस्