फिल्म । भारतमा कोरोना भाइरसको नयाँ भेरीएन्ट ओमिक्रोनको त्रास बढेसँगै दिल्लीमा हलहरु बन्द भए । हल बन्द भएसँगै ठुला भारतीय फिल्महरुले रिलिज स्थगित गरे । त्यसैले गर्दा पछिल्लो समय भारतमा नयाँ फिल्म रिलिज हुन् सकेको छैन । यद्दपी अल्लु अर्जुन अभिनित अघिल्लो वर्ष नै रिलिज भएको ‘अला वैकुण्ठपुरामलो’ लाई हिन्दी भाषामा रिलिज गर्ने तयारी थालिएको छ । यो फिल्म आउँदो जनवरी २६ मा रिलिज हुनेछ ।
ओमिक्रोनको त्रास बढेसँगै केहि फिल्म ओटीटीमा आउने तयारीमा समेत जुटेका छन् । रिलिजको लागि तयारीमा रहेका फिल्महरु जर्सी , वालिमाइ र अट्याक ओटीटीमा रिलिज हुनसक्ने अनुमान लगाइएको छ ।

जर्सी
पछिल्लो फिल्म ‘कबिर सिंह’ को सफलताले बलिउडमा आफ्नो स्टारडमलाई पुनः प्रस्ट्याएका शहिद कपूर आउँदो फिल्म ‘जर्सी’ मार्फत निकै आशावादी छन् । कबिर सिंहपछि उनि रिमेक फिल्ममा काम गर्ने मनसायमा थिएनन् । त्यसैले उनि फ्रेस स्टोरीको खोजिमा थिए । तर , उनलाई ‘जर्सी’ को रिमेक अफर भएपछि फिल्म हेरे । उनले आफुले फिल्म ४ पटक हेरेको बताए । ‘म सक्कली फिल्म गर्न चाहन्थे ताकि मानिसहरूले नसोचुन कि म मात्र रीमेक गर्दैछु । तर जब मैले यो फिल्म हेरे, यसले मेरो हृदय छोयो’ उनले भने , ‘चरित्र कबीर सिंह जस्तो छैन । ऊ शान्त, अन्तर्मुखी मानिस हो तर उसको तीव्रता र यात्रा मेरो लागि प्रेरणादायक छ ।’
स्वास्थ्यमा समस्या आउँदा र नातावादसँगै कृपावादको कारण नेशनल टिममा नपर्दा क्रिकेट छाडेका अर्जुन नामक क्यारेक्टरले उमेरले ४० वर्ष काट्नै लाग्दा क्रिकेट खेल्छन । त्यसपछि उनि नेशनल टिमसम्म कसरि पुग्छन ? भन्ने विषयलाई फिल्ममा देखाइनेछ । उनको को-स्टारको रुपमा मृनाल ठाकुर छिन् । फिल्मलाई जर्सीकै निर्देशक गौतमले निर्देशन गरेका छन् । फिल्म प्रचारप्रसार सकेर अन्तिम समय रिलिज रोकिएको कारण ओटीटीमा आउने सम्भावना बढ्दो छ । फिल्मलाई रिलिज गर्न नेटफ्लिक्सले कुराकानी अगाडी बढाएको छ । हल खुल्ने सम्भावना हेरेर मेकर्सले निर्णय लिने बुझिएको छ ।
वालिमाइ
साउथका एक्सन हिरो अजीत अभिनित फिल्म ‘वालिमाइ’ ट्रेलरका कारण चर्चामा छ । डिरेक्ट ओटीटी रिलिज गर्न पाएको अफरलाई यस टीमले पहिले नकारीसकेको छ । यद्दपी प्रचारप्रसार गरेर फिल्म रिलिज नहुँदा निर्माता मारमा छन् । भारतीय मिडियाका अनुसार यसलाई ओटीटी रिलिजका लागि ३ सय करोड प्रस्ताव गरिएको थियो । यद्दपी टीमले हलमै ल्याउने निर्णय गरे । तर , ओमिक्रनको कारण फिल्म रिलिज हुन सकेन । यतिबेला पुनः ओटीटी प्रदायक निर्माण टीमसँग फिल्मको कुराकानी गर्न लागिरहेको छ । अजीत फिल्म हलमै दर्शकले हेरुन भन्ने चाहन्छन यद्दपी निर्माताहरु भने रिलिज गर्न आतुर छन् । फिल्ममा अजीतसँगै हुमा कुरेशी , नीरव शाह र कर्तिक्य लगायतको अभिनय रहेको छ ।
अट्याक
पछिल्लो समय एकपछि अर्को एक्सन फिल्ममा देखा परिरहेका जोन अब्राहमको प्रतिक्षित फिल्म मध्येकै एक हो ,अट्याक । उनको अभिनयसँगै निर्माण समेत रहेको फिल्मले देश भक्तिको कथा भन्छ । लक्ष्यराज आनन्दको निर्देशनमा तयार फिल्मले देश भक्तिको कथा भन्छ । यसमा जोनले एक सैनिकको भूमिका निर्वाह गरेका छन् । फिल्ममा जोनसँगै राकुल प्रीत सिंह , ज्याक्लिन फर्नान्डिज , प्रकाश राज , रत्न पाठक शाह लगायतको अभिनय रहेको छ । फिल्म नेटफ्लिक्समा आउने सम्भावना बढ्दो छ । निर्माण पक्षसँग नेटफ्लिक्सले डिरेक्त ओटीटी रिलिजका लागि प्रस्ताव गरिरहेका छन् । (एजेन्सी सहयोगमा )