
ओटीटी । फिल्म ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित रहेर निर्माण भएको नेपाली फिल्म ‘पशुपति प्रसाद २: भष्मे डन’ ओटिटी एप सिनेमा घरमा रिलिज गरिएको छ ।
दीपेन्द्र के. खनालको निर्देशनमा तयार गरिएको फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल लगायतको अभिनय रहेको छ । लेखक तथा निर्माता लामिछानेले फिल्म नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल रहेकोले ओटिटीमा यसलाई मन पराउने विश्वास राखे । यो फिल्म हेर्न रु. १ सय ९९ रकम तिर्नुपर्ने हुन्छ ।
कमेन्ट गर्नुहोस्