कादरको अवस्था गम्भीर

फिल्म । अभिनेता कादर खानको अवस्था गम्भीर रहेको खबर भारतीय मिडियामा उल्लेख छ । उनलाई भेन्डिलेटरमा राखिएको छ । बृद्ध हुदै गएपछि आफ्नै शारीरिक तौलको कारण पनि उनि विभिन्न समस्याबाट लड्दै आइरहेका छन् । उनलाई बोल्न , खाने कुरा खान र हेर्न समेत समस्या रहेको खबर छ । उनलाई स्वासप्रस्वासमा समस्या आएपछि डाक्टरहरुले उपचार गरिरहेका छन् । उनका छोरा सरफराजले पनि अवस्था स्थिरमा ल्याउने कोसिस भईरहेको बताएका छन् । कमेडी तथा गम्भीर अभिनयमा अगाडी नाम आउने कादरले धेरै फिल्ममा क्यारेक्टर आर्टिस्टको काम गरेका छन् ।

कमेन्ट गर्नुहोस्