फिल्म । पछिल्लो केहि समययता फ्यामिली ड्रामा फिल्म गरिरहेका अभिनेता शाहिद कपूर एक्सन अवतारमा प्रस्तुत भएका छन् । गत jउन २१ बाट प्रदर्शनमा आएको फिल्म ‘कबिर सिंह’मा शाहिद मात्र छन् । केहिले यसलाई ‘द शाहिद कपूर शो’ पनि भनेका छन् । पछिल्लो फिल्म‘आर राजकुमार’ मा एक्सन ब्वाईको रुपमा प्रस्तुत भएका शाहिदले यस फिल्म मार्फत सबैको मन जितेका छन् ।
फिल्ममा शाहिदले गरेको अभिनयको तारिफ नगर्ने सायदै होलान् । सन्की र साहसी सर्जनको भूमिका निर्वाह गरेका शाहिदले आफुलाई हरेक सिनमा उस्तै प्रस्तुतिमा प्रस्तुत गरेका छन् । यो तेलुगु फिल्म ‘अर्जुन रेड्डी’ को रिमेक हो भने यसलाई पनि सन्दीप वांगा रेड्डीले नै निर्देशन गरेका छन् । फिल्मले शुक्रबार २०.२१ करोडको ओपनिङ गरेको थियो ।
#KabirSingh wave grips the nation… Trending on weekdays is an eye-opener… Should comfortably cross ₹ 200 cr in Week 2… Fri 20.21 cr, Sat 22.71 cr, Sun 27.91 cr, Mon 17.54 cr, Tue 16.53 cr, Wed 15.91 cr, Thu 13.61 cr. Total: ₹ 134.42 cr. India biz.
— taran adarsh (@taran_adarsh) June 28, 2019
यसले दोश्रो दिन २२.७१ करोड , तेश्रो दिन २७.९१ करोडको , चौथो दिनमा १७.५४ करोड , पाँचौ दिनमा १६.५३ करोड , छैठौ दिन १५.९१ करोड र सातौ दिन १३.६१ करोडको व्यापार गर्दै दोस्रो सातामा प्रवेश गर्दा १३४.४२ करोड भारुको कमाइ गर्न सफल भएको छ । शाहिद अभिनित सोलो हित्यो नै पहिलो हो । फिल्मले गरिरहेको व्यापारको रफ्तारलाई हेर्ने हो भने सजिलै २ सय करोड क्लबमा इन्ट्री गर्नेछ ।
फिल्मले दोस्रो साताको विकेन्डमा पनि राम्रो व्यापार गर्ने अड्कल भारतीय सञ्चार मध्यमले गरेका छन् । फिल्मले युवापुस्ताको कथा बोलेको कारण पनि यसले सफलताको रेकर्ड बनाईरहेको छ । फिल्ममा कियारा एड्वानी उनको अपोजिटमा छिन् ।










