‘पहिलो पटकसँगै’

संगीत । वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको छोरी हुन् सराना श्रेष्ठ । मदनले अभिनयसँगै गीतमा आफ्नो स्वर पनि दिएका छन् । जसलाई दर्शक तथा श्रोताले रुचाएका थिए । यिनै मदनकी छोरी सरानाले पहिलो पटकसँगै गीतमा आवाज दिएका हुन् । राजेन्द्र थापाको शब्द र राजनराज शिवाकोटीको संगीत रहेको गीतको भिडियो गत शुक्रबार मात्र सार्वजनिक भएको हो । सरानाले आफ्नो बुवासँग पहिलो पटक गीत गाएको बताइन । ‘मैले सँगै धेरै गीत गाएकी छु तर हाम्रो रेकर्डिङ भने पहिलो रहेछ’ सरानाले भनिन् ।

उनले यो अवसर गीतकार थापाको कारण सम्भव भएको समेत प्रस्ट्याइन । ‘राजेन्द्र सरकै कारण बुवासँग गीत गाउने मौका पाए’ सरानाले धन्यवाद दिईन् । त्यसो त मदनलाई पनि गीत गाउँछु जस्तो लागेको थिएन् । ‘मलाइ गीत गाउँला जस्तो लागेको थिएन् तर सबैको कारणले गाउँन सकें’ मदनले भने ,’मैले यो एक टेकमै गाएँ र यसरि गाएको गीतहरु सफल पनि भएका छन् ।’ उनले छोरीसँग गीत गाउँन पाउँदा निकै खुसि लागेको समेत बताए । सरानामा गायनको सम्भावना हुँदाहुँदै उनि अमेरिका जाँदा भए मदन केहि दुखि थिए । सरानाले झन्डै १७ वर्षपछी नेपालमा आएर गीत गाएकी हुन् ।

सरानामा गायनको सम्भावना रहेको महका ह अर्थात हरिवंश आचार्यले बताए । ‘सरानाले १७ वर्ष अमेरिकामा खर्च गरिन् जस्तो लाग्छ किनकी उनि राम्रो गायिकासँगै कलाकार पनि हुन्’ उनले भने । उनले ढिलै भएपनि सरानाले गायनलाई अगाडी बढाएकोमा खुसि रहेको समेत बताए । उनले सरानाको स्वरमा छुटै मिठास रहेको समेत औलाए । ‘मदन दाइमा छुटै मिठास छ र त्यहि रगत सरानामा छ त्यसैले पनि उनमा छुटै प्रतिभा छ’ हरिवंशले भने ।

सार्वजनिक ‘पानी छायाँ’ बोलको गीतको भिडियोमा मदन र सरानासँगै केविश पाण्डे , आर्शिना भट्टराईको पनि अभिनय रहेको छ । भिडियोमा राजिव समरको कोरियोग्रफी रहेको छ भने यसलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन् । सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । ‘मैले मदन दाइ र सरानाको भिडियोलाई निर्देशन गर्ने मौका पाए , यो मेरो लागि अवसरसँगै चुनौती पनि थियो’ सुव्रतले भने ।

कमेन्ट गर्नुहोस्