योगेशसंग सारिकाको सहकार्य

102 Shares

संगीत । गायिका सारिका घिमिरे र योगेशकाजीको स्वरमा रहेको गीत ‘ऐसेलुको पात’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा योगेशकाजीकै शब्द, सङ्गीत र सङ्गीत संयोजन रहेको छ । भिडियोमा विवेक मोक्तान, नमुना श्रेष्ठ र चपुर हिरोज क्रियूलाई फिचर्ड गरिएको छ भने निर्देशन स्वयम सारिकाले नै गरेकी हुन् ।

विवेक मुक्तान र सुदीप राईको कोरियोग्राफी रहेको भिडियोमा ज्ञानेन्द्र शर्मा हुँमागाईको छायाँकन र विष्णु खड्काको सम्पादन रहेको छ । अभिनयसँग सँगै गायनमा आफूलाई प्रस्तुत गर्दै आएकी सारिकाले योगेशसंगको सहकार्यलाई दर्शक तथा श्रोताले रुचाउने विश्वास व्यक्त गरेकी छिन् ।

Facebook Comments