भुवन अब ‘मिस्टर नेपाली’ (भिडियो)

फिल्म । अभिनेता भुवन केसी अभिनीत फिल्म ‘मिस्टर नेपाली’ को ट्रेलर सार्वजनिक भएको छ । आउँदो कार्तिक २९ गतेबाट प्रदर्शनमा आउने फिल्मको ट्रेलरमा भुवनलाई दोहोरो भूमिकामा देख्न सकिन्छ । देव भुषालले फिल्मको निर्देशन गरेका हुन् ।

कथा, पटकथा र संवाद पनि उनकै हो । फिल्ममा भुवनसँगै रीमा विश्वकर्मा, बिष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तवलगायतका कलाकारको अभिनय छ । यसै फिल्मबाट साहिल श्रेष्ठ र कुसुम राउतले अभिनयमा डेब्यू गर्दैछन् । विदेशबाट फर्किएका साहिल र गाउँमा एकछत्र राज गरेर बसेका भुवनबीचको टकराव फिल्ममा देख्न पाइनेछ ।

निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्ममा प्रेमराज दाहालको लगानी छ । विदेशमा बस्ने नेपालीको देशप्रतिको माया र गाउँमा राजनीतिलाई टेकेर हुने शोषणमा फिल्म आधारित छ । निर्देशक भुषालले फिल्मले राष्ट्रियता, प्रेम र पारिवारिक कथालाई उठान गरेको बताए ।

कमेन्ट गर्नुहोस्