‘ग्लोरियस ब्युटी पार्लर’ उद्घाटन

सौन्दर्य । सौन्दर्यकर्मी ऋतु पौडेलले ‘ग्लोरियस व्युटी पार्लर’ सञ्चालनमा ल्याएकी छिन् । विगत ८ वर्षदेखि ब्युटिपार्लर मात्र रहेको ग्लोरियसलाई उनले अहिले जेन्स/लेडिजको सेवायुक्त स्पा र ट्रेनिङ सेन्टर सहित वृहत रुपमा सञ्चालनमा ल्याएकी छिन् । सौन्दर्यविद् सोनी कारँजित र ऋतुकी आमाले रिवन काटेर यो ब्युटिपार्लरको सँयुक्त रुपमा उद्घाटन गरेका छन् ।

नेपालमै पनि सौन्दर्य क्षेत्रमा राम्रो सेवा दिन सकिन्छ भनेर आफुले समयको माग अनुसार ग्लोरियस ब्युटी पार्लरलाई आधुनिक उपकरणसहित सुविधासम्पन्न बनाएर पुन सञ्चालनमा ल्याएको ब्युटिसियन ऋतु पौडेलले उद्घाटन कार्यक्रममा बताईन् । नयाँ वर्षको शुभकामना सहित उद्घाटनको अबसर पारेर यो ब्युटी पार्लरमा सबै प्रकारको सेवा र विक्रीमा छुटहरुको व्यबस्था गरिएको पनि ऋतुले जानकारी गराईन् ।

‘हाम्रो उदेश्य भनेकै ग्राहकको सुविधा र सन्तुष्टी भएकाले यहाँ आउनेहरुलाई सबै सेवामा खुसी बनाउने छौं’, ऋतुले भनिन् । ऋतुका अनुसार ब्युटी पार्लरमा हेयर केयर, स्किन केयर र ब्युटी केयर सम्बन्धि सबै सुविधा रहेका छ ।

कमेन्ट गर्नुहोस्