‘मुगलान’को रोमान्टिक गीत ‘मेरो प्रियतम’ रिलिज

फिल्म । आगामी पुष १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मुगलान’को नयाँ गीत ‘मेरो प्रियतम’ रिलिज भएको छ । निर्माण पक्षले सोमबार उक्त गीत सार्वजनिक गरेको हो । गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई फिचरिङ गरिएको छ । भिडियोमा उनीहरूको जोडी निकै सुहाएको देखिन्छ । गीतको विवरण‘मेरो प्रियतम’मा प्रताप दास र बेनिशा पौडेलको स्वर सुन्न सकिन्छ ।

सिर्जना लम्सालले लेखेको यस गीतमा किरण भुसालको संगीत तथा रिदम कँडेलको संगीत संयोजन (एरेन्जमेन्ट) रहेको छ । गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन् । आशिष ढकालको लेखन तथा निर्देशनमा बनेको यो फिल्मका निर्माता गोमन सिंह हुन् । निर्माता सिंहको यो डेब्यु निर्माण हो।

फिल्ममा रिता चौधरी सह-निर्माता (को-प्रोड्युसर) रहेकी छन्।रिहान प्रोडक्सनको ब्यानरमा बनेको ‘मुगलान’मा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकालका अलावा श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मको वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ । ‘मेरो प्रियतम’ गीत युना इन्टरटेन्टमेन्ट युट्युब च्यानलमार्फत हेर्न सकिनेछ।

कमेन्ट गर्नुहोस्