लन्डनमा ‘इन्फा अवार्ड’ सम्पन्न

फिल्म । यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड-२०२४ लन्डनमा सम्पन्न भएको छ । उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’ सर्वोत्कृष्ट फिल्म घोषित हुँदा अनमोल केसी ‘फर्की फर्की’बाट अभिनेतातर्फ उत्कृष्ट र केकी अधिकारी ‘प्रसाद २’ बाट उत्कृष्ट अभिनेत्री घोषित भइन् । ‘जारी’बाट सुब्बाले उत्कृष्ट निर्देशकको ट्रफी उचाले ।

सर्वोत्कृष्ट पटकथा विधामा ‘दिमाग खराब’बाट आकाश बराल, खलपात्र विधामा ‘प्रसाद २’ बाट अर्पण थापा, ‘प्रसाद २’ बाट राजेश श्रेष्ठ उत्कृष्ट छायाकार, ‘फर्की फर्की’बाट सुरेन्द्र पौडेल सर्वोत्कृष्ट सम्पादक, ‘बोक्सीको घरको गीत’ ‘बुझिन मैले’बाट प्रकाश सपुत सर्वोत्कृष्ट संगीतकार, ‘चरी बस्यो’ (जारी)बाट कालीप्रसाद बाँस्कोटा सर्वोत्कृष्ट पार्श्व गायक, ‘बुझिन मैले’बाट समीक्षा अधिकारी सर्वोत्कृष्ट पार्श्व गायिका र सर्वोत्कृष्ट नृत्य निर्देशकतर्फ ‘पुजार सार्की’बाट शिशिर खाती (दर्शन गरें)ले अवार्ड हात पारे ।

दयाहाङ राई ‘जारी’बाट पपुलर अभिनेता घोषित भए । सोही फिल्मबाट मिरुना मगरले पपुलर अभिनेत्रीको अवार्ड प्राप्त गरिन् । जुरीतर्फ ‘पुजार सार्की’बाट प्रदीप खड्का सर्वोत्कृष्ट अभिनेता र ‘बोक्सीको घर’बाट सुपला सापकोटा उत्कृष्ट अभिनेत्री बने ।

पब्लिक च्वाइसतर्फ सर्वोत्कृष्ट अभिनेताको अवार्ड पल शाहले जित्दा सर्वोत्कृष्ट अभिनेत्री जसिता गुरुङ घोषित भइन् । ‘पर्फमर अफ दी इयर’को अवार्ड मोडल तथा डान्सर सुशान्त खत्रीले जिते । प्रोत्साहन अवार्ड फिल्म ‘लण्डन टु पेरिस’बाट गरिमा शर्माले प्राप्त गरिन् ।

लाइफटाइम अचिभमेन्ट अवार्डबाट भुवन केसी सम्मानित भए । भुवनले सम्मान प्राप्त गर्दा उनको सम्मानमा छोरा अनमोलले खुट्टा ढोगे । यति नेपाली एसोसिएसन बेलायतको आयोजना र संगीक्षा फिल्म्स इन्टरटेनमेन्टको व्यवस्थापनमा अवार्ड कार्यक्रम गरिएको हो ।

कमेन्ट गर्नुहोस्