ट्रेलरमा हेर्नुस ‘प्रेमलीला’

फिल्म । माघ २५ गतेबाट पोस्टपोन्ड भएर फागुन १० मा रिलिज हुने तय भएको फिल्म ‘प्रेमलीला’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । नेपाली युवती र एक भारतीय युवकको प्रेम वाचन गर्ने फिल्मको ट्रेलरमा यस्तो दृश्यलाई समेटिएको छ । ट्रेलरमा प्रेम, रोमान्स, द्वन्द्व, बदला सबै कुरा मिश्रित छ । फिल्मको चरित्रलाई न्याय गर्न अभिनेत्री दीपशिखा खड्काले कपाल समेत मुण्डन गरेकी छिन् ।

फिल्ममा भारतीय यूवकको भूमिका भारतीय मुलका कलाकारले नै निर्वाहा गरेका छन् । भारतीय मोडल अली खान, दीपशिखाको प्रेमीको भूमिकामा छन् । साथै, मौसम खड्काको पनि फिल्ममा लिड रोल छ । फिल्मको आधा निर्देशन जनक पाण्डेले गरेका हुन् भने बाँकी दीपशिखाले गरेकी हुन् । पवन गौतमको छायांकन रहेको यसमा हरि लम्साल, महेश खड्का, नबिन कार्कीको संगीत छ । प्रभाकर शर्मा, सुरज तमु र रेखा शाहको पनि यसमा अभिनय छ । फैजल फिल्मस्को ब्यानरमा नानीमैयाँ कार्की निर्माता रहेको फिल्मको कथा अभिनेत्री दीपशिखा स्वयमले लेखेकी हुन् ।

कमेन्ट गर्नुहोस्