‘कमेडी च्याम्पियन ३’ को विजेता बने सुनिल

टिभी शो । टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को तेस्रो संस्करणको उपाधि सुनिल खड्काले जितेका छन् । आज भएको ग्राण्ड फिनालेमा अन्तिम तीनमा रहेका ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै उनले ‘च्याम्पियन’ को उपाधि जितेका हुन् ।

उनले पच्चीस लाखसहित विभिन्न आकर्षक उपहार जितेका छन् । अन्तिम प्रतिष्पर्धामा प्राप्त मतको आधारमा सुनसरीका काफ्ले दोस्रो (फस्ट रनरअप) र नवलपरासीकी खनाल तेस्रो (सेकेण्ड रनर अप) बने ।

कार्यक्रममा वरिष्ठ हास्य कलाकार सन्तोष पन्त, कलाकार मनोज गजुरेल, निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

कमेन्ट गर्नुहोस्