सौन्दर्य । ‘मिस सुप्रानेसनल नेपाल २०२५’ की विजेता दिक्षा अवस्थी पोल्यान्डमा आयोजना हुने ‘मिस सुप्रानेसनल’ प्रतियोगितामा सहभागी हुन सोमबार पोल्यान्ड प्रस्थान गरेकी छन् । उनी बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालको झण्डा ओढेर बिदाइ भएकी थिइन् ।
जुन ९ देखि २७ सम्म चल्ने यस प्रतियोगितामा दिक्षाले नेपालको प्रतिनिधित्व गर्नेछिन् । नेपालको तर्फबाट सहभागी हुन पाउँदा उत्साहित भएको उनले बताइन् ।
‘मलाई निकै खुसी लागेको छ। विश्वका ७० भन्दा बढी देशका प्रतिस्पर्धीसँगको यो ठूलो मञ्चमा नेपाललाई चिनाउने अवसर पाएकी छु’, उनले भनिन् । ‘मिस्टर एण्ड मिस नेसनल’का राष्ट्रिय आयोजक डा. सन्तोष उपाध्यायले दिक्षाले प्रतियोगितामा नेपालको लागि राम्रो स्थान हासिल गर्ने विश्वास व्यक्त गरेका छन् ।
कमेन्ट गर्नुहोस्











