साइँलीको ‘प्याट् प्याटे’ सार्वजनिक (भिडियो)

फिल्म । आउदो चैत्र १५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘साइँली’ को दोस्रो गीत युट्युब रिलिज भएको छ । ‘नाच माया’ बोलको गीतपछि निर्माण टिमले ‘प्याट् प्याटे’ बोलको गीत सार्वजनिक गरेको हो । सुशान्त गौतमले गीतमा आवाज भरेको छन् । हर्क साउदको शब्दको शब्द र गायक गौतमको संगीतमा रहेको गीतमा फिल्मका चार लिड कलाकार दयाहाङ राई, गौरव पहाडी, मेनुका प्रधान र केनिपा सिंह फिचर्ड छन् । गीतमा दया-केनिपा र गौरव-मेनुकाको प्रेम देखाइएको छ ।

गायक हेमन्त रानाको चर्चित गीत ‘सुन साइँली’ नामलाई सापटी लिएर यो फिल्म निर्माण भएको हो । गीतझैँ फिल्मले पनि बैदेशिक रोजगारीको कथा भन्ने निर्देशक गुरुङले बताए । यसलाई गायक हेमन्त राना र अभिनेता गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । फिल्मको कथा निर्देशक स्वयम्को हो । माओत्से गुरुङ, केनिपा सिंह, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारको पनि अभिनय रहेको यस फिल्ममा विशाल गुरुङ र मोहन राना मगर निर्मातामा छन् । फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । शैलेन्द्र डि कार्कीको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ ।

कमेन्ट गर्नुहोस्