यसकारण क्यूएफएक्समा लाग्दैन ‘द रेड सुटकेस’

फिल्म । फिल्म ‘द रेड सुटकेस’ को प्रदर्शन क्यूएफएक्स अन्तर्गत रहेका हलमा नहुने भएको छ । निर्माण कम्पनी आइसफल प्रोडक्सनले जारी गरेको विज्ञप्तीमा क्यूएफएक्सले देशी तथा विदेशी फिल्मको चापका कारण उचित सो दिन नसकिने जानकारी गराएपछि त्यहाँ प्रदर्शन नगर्ने निर्णय गरिएको उल्लेख छ ।

फिल्मका निर्माता रामकृष्ण पोखरेलले फिल्मलाई प्रदर्शन गर्न नपाउनु दुखद पक्ष रहेको बताए । ‘अर्को हप्ता रिलिज गरे पुनर्विचार गर्न सकिने आसयको इमेल लेखेपछि हामीले यसलाई आपत्तिजनक मान्दै क्यूएफएक्स चेनमा फिल्म प्रदर्शन गर्न नसकिने घोषणा गरेका छौं’, निर्माता पोखरेलले भने ।

क्यूएफएक्सले विदेशी फिल्मको भिडभाड भएकाले उक्त समयमा फिल्मको प्रदर्शन नगर्न सल्लाह दिएको थियो । यद्यपि निर्माण पक्षले नयाँ वर्ष नै घोषणा गरेर उपलब्ध शोमा चित्त नबुझाएपछि फिल्म प्रदर्शन नहुने भएको हो । निर्माताले आफूहरूले सम्मानजनक व्यवहारको पक्षमा आफूहरू रहेको बताएका छन् । फिडेल देवकोटाको निर्देशनमा तयार भएको यो फिल्ममा सौगात मल्ल, विपिन कार्की, प्रवीण खतिवडा र श्रृष्टी श्रेष्ठको मुख्य भूमिका छ ।

कमेन्ट गर्नुहोस्