विदेशमा पनि रुचाईयो ‘जात्रै जात्रा’

35 Shares

फिल्म । पछिल्लो समय ‘वर्ड अफ माउथ’ का कारण दर्शक बढ्दै गइरहेको फिल्म ‘जात्रै जात्रा’ ले विदेशमा पनि सुखद सुरुवात गरेको छ । नेपाली फिल्मको राम्रो बजार मानिने अष्ट्रेलियामा फिल्म हेर्न दर्शकको राम्रै उपस्थिति देखियो । फिल्म हेर्न आइसकेका केहि दर्शकले सिट नपाएपछी भुइँमै बसेर पनि हेरे । दर्शकलाई प्राय फिल्ममा पुस सेल मार्फत नै बोलाउने पर्ने बाध्यता पनि त्यहाँ नभएको होइन तर फिल्म राम्रो छ भन्ने थाहा पाएपछि भने दर्शक आफै आउछन ।

प्रदीप भट्टराईकै निर्देशनमा तयार पछिल्लो फिल्म ‘शत्रु गते’ लाई पनि दर्शकले भुइँमै बसेर हेरेका थिए । अष्ट्रेलिया सिड्नी , मेलबर्न , व्रिज्बेन लगायतका सहरमा फिल्मको आयोजित शो मा दर्शकले भुइँमै बसेर फिल्म हेरेका छन् । फिल्म हेर्न आएका दर्शक खुसि नै छन् । ‘दर्शकको सन्तुष्टि नै हाम्रो कमाइ हो’ निर्देशक भट्टराईले भने । उनि फिल्मका लेखक पनि हुन् ।

फिल्ममा विपिन कार्की, रबिन्द्र झा र रबिन्द्र सिंह बाँनिया सुन लुकाउन संघर्ष गरिरहेका छन् भने अभिनेता दयाहाङ राई हराएको सुन खोज्दै देखिएका छन् ।फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन् । फिल्ममा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई शिवराम श्रेष्ठले खिचेका हुन् । फिल्ममा बर्षा राउत , राजाराम पौडेल , प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, प्रियंका झालगायतका कलाकारहरुको पनि अभिनय छ । यसमा शंकर महर्जन द्वन्द्व निर्देशन छ । निर्देशक भट्टराई आफैंको कथा रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ ।

Facebook Comments