‘जुबा’ फरक सौगात

फिल्म । सौगात मल्लको अभिनय रहने फिल्म ‘जुबा’ निर्माणको घोषणा गरिएको छ । अस्त्र फिल्म्सको प्रस्तुति रहेको यो फिल्ममा सौगात भिन्न देखिनेछन् । प्रकाश कर्णको लेखन तथा निर्देशनमा बन्ने फिल्मको लेखन वर्षा पौडेलले गरेकी छन् । क्रिएटिभ प्रोडुसरको जिम्मेवारी निर्देशक कर्ण र लेखक वर्षाले संयुक्त रूपमा सम्हालेका छन् ।

फिल्ममा नायिकाको रूपमा सोफी धरेलले डेब्यू गर्दैछिन् । सौगात र सोफीसँगै मुख्य भूमिकामा सुधन पोखरेल छन् । यो सुधनको तेस्रो फिल्म हो, यद्यपि उनले यसअघि अभिनय गरेका दुई फिल्म रिलिज हुन बाँकी छन् । रक क्यास्टर स्टुडियोको निर्माणमा बन्ने यो फिल्मको घोषणासँगै तीनवटा क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरिएको छ । फिल्मको कथा, अन्य कलाकार र थप विवरणबारे निर्माण टिमले हालसम्म केही खुलाएको छैन ।

कमेन्ट गर्नुहोस्