शाहरुखको फिल्ममा आमिरको पनि केमियो ?

बलिउड । यतिबेला बलिउड ‘ठ्ग्स अफ हिन्दोस्तान’ को रिलिज कुर्दैछ । आमिर खान र अमिताभ बच्चन अभिनित फिल्मले कस्तो ब्यापार गर्ला ? अनि कस्तो प्रतिक्रिया पाउला ? यो जिज्ञाषा सबैमा छ । आमिरपछी अर्का खान , शरुख खानको फिल्म ‘जिरो’ रिलिज हुदैछ । फिल्ममा उनि होचो कदका व्यक्तिको रुपमा देखिएका छन् , जसको ट्रेलर उनकै जन्मोत्सवमा सार्वजनिक हुदैछ ।

आमिरको नोभेम्बर र शाहरुखको फिल्म डिसेम्बरमा आउदैछ । यी दुईको खानको फिल्म आउनाले फ्यान निकै उत्साहित छन् , किनकी यो समय फेस्टिभलको हो । शाहरुखको फिल्मको ट्रेलर आउने तयारी भईरहदा उनले ट्विटरमा आमिरसँगको तस्वीर शेयर गरेका छन् । आफ्नो बर्थ महिनाको पहिलो दिन उनले आमिरसँगको तस्वीर सार्वजनिक गर्नुले यी दुई एक अर्कासँग प्रचारप्रसारमा जोडिएको त प्रस्ट्याउछ नै साथै केहि प्रश्न समेत अगाडी ल्याएको छ ।

शाहरुखको फिल्ममा सलमान खानले केमियो गरेका छन् , यो सार्वजनिक टिजरले नै प्रस्ट्याईसकेको छ । ट्रेलर रिलिज अगाडी शाहरुखले आमिरसँगको तस्वीर सार्वजनिक गर्नुले कतै उनि पनि त फिल्ममा छैनन् ? भन्ने प्रश्न उठेको छ । यदि आमिर पनि फिल्ममा छन् भने , तिन खानले सँगै अभिनय गरेको यो फिल्मले फ्यानलाई एकदमै खुसि बनाउनेछ । तिन खानकै फ्यान पनि यिनलाई सँगै देख्न चाहन्छन ।

कमेन्ट गर्नुहोस्