रहेनन् छेतेन

फिल्म । पटकथा लेखक हुँदै निर्देशक बनेका छेतेन गुरुङको निधन भएको छ । ‘नोभेम्बर रेन’ मार्फत नेपाली फिल्मनगरीमा पटकथा लेखनमा भित्रिएका गुरुङको ४२ वर्षको उमेरमा बुधवार बिहान २ काठमाडौंको मेट्रो अस्पतालमा निधन भएको हो । लिभरमा समस्या देखिएपछि दुई दिन अगाडि उनलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा निधन भएको निर्माता सन्तोष सेनले बताएका छन् ।

सन्तोष र छेतेनले संयुक्त निर्देशनमा ‘प्रेम गीत’ को तेस्रो सिरिज तयार गरेका छन् । कोरोना भाइरसको कारण सिर्जित अवस्थाले गर्दा यो फिल्म प्रदर्शनमा आउन सकेको छैन । लभस्टोरी फिल्मको राम्रो दृश्य लेख्न सक्ने गुरुङले ‘डम्बरुको डण्डीवियो’ मार्फत निर्देशनमा डेब्यु गरेका थिए । गुरुङ प्रति भावपूर्ण श्रद्धाञ्जली !

कमेन्ट गर्नुहोस्