कमेन्ट गर्नुहोस्
लम्साल र परजुलाई पुरस्कार तथा खड्गीलाई सम्मान

फिल्म । कलाकार तथा द्वन्द निर्देशक राजेन्द्र खड्गी र पत्रकार नवराज लम्साल तथा रोशन पराजुली सम्मानित तथा पुरस्कृत हुने भएका छन् । चलचित्र पत्रकार संघ मकवानपुरले आउँदो जेठ ७ गते स्थापना दिवसको अवसर पारेर प्रदान गर्ने राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी लम्साललाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
स्थापना दिवसलाई सन्दर्भ बनाउदै अध्यक्ष मनिराज गौतमको अध्यक्षतामा बसेको बैठकले सम्मान तथा पुस्कार बारे निर्णय गरेको हो । चलचित्र पत्रकारिता दिवसको अवसरमा लम्साललाई पुरस्कृत गर्न लागिएको हो । उनलाई नगद राशि १० हजार सहित ताम्रपत्रले सम्मान गरिनेछ । यसैगरी यसपटक चलचित्र पत्रकारिता पुरस्कारबाट मकवानपुरबाट नेपाल समाचार पत्रमा कलम चलाउदै आएका सञ्चारकर्मी पराजुलीलाई पुरस्कृत गर्ने निणर्य गरेको छ ।
उनलाई नगद राशी ५ हजार सहित पुरस्कृत गरिनेछ भने मकवानपुरे फिल्मकर्मी खड्गीलाई हरेक वर्ष प्रदान गर्दै आएको चलचित्रकर्मी सम्मानबाट समनित गर्ने अध्यक्ष गौतमले जानकारी दिए । ‘हामीले स्थानीय पत्रकार र मकवानपुरे कालाकारसँगै केन्द्रमा रहेर पत्रकारिता गर्ने सिनियरलाई पनि सम्मान तथा पुरस्कृत गर्दै आएका छौ’ अध्यक्ष गौतमले भने ‘हामीले मोफसलमा रहेर रङ्ग पत्रकरितालाई अंगालेका पत्रकारलाई हौसला प्रदान गर्न यस किसिमको कार्यक्रम गरिरहेका हौ ।’