प्रेममा छन् , कार्तिक र जाह्नवी ?

फिल्म । बलिउडमा फिल्म ‘धडक’ मार्फत डेब्यु गरेका जोडी हुन् , इशान खट्टर र जाह्नवी कपूर । यस फिल्मपछी यी दुइ नजिक भए । साथै , यिनको केमेष्ट्रीलाई दर्शकले पनि उत्तिकै रुचाए । त्यसपछि मिडियामा यी दुइको प्रेमको खबर आउन थाल्यो । तर , पछिल्लो समय जान्ह्वी र इशानको ब्रेकअप भएको खबर आइरहेको छ । यति मात्र हैन , उनको बलिउडका ह्याण्डसम हिरो कार्तिक आर्यनसँग प्रेम मौलाउँदो रहेको खबर पनि आइरहेको छ ।

‘लभ आजकल’ को छायाँकनको क्रममा कार्तिक र सारा अलि खानको ब्रेकअप भएको बताइन्छ । सारासँग सम्बन्ध तोडेका कार्तिकले जाह्नवीसँग सम्बन्ध अगाडी बढाएको खबर बाहिर आइरहेको छ । ब्रेक जोडीको प्रेम बढ्दै गरेता पनि जारी ‘लकडाउन’ का कारण भने भेटघाट हुन् पाएको छैन । कार्तिक परिवारसँग बसिरहेका छन् । यता जह्नवी पनि परिवारसँग बसिरहेकी छिन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्