युट्युबमा ‘महापुरूष’

फिल्म । निर्देशक प्रदीप भट्टराई निर्देशित चौथो फिल्म ‘महापुरूष’ युट्युबमा रिलिज भएको छ । निर्माता कम्पनी षट्कोण आर्ट्सले यो फिल्म लक्ष्मीपूजाको अवसरमा १५ कात्तिकमा स्ट्रिमिङ गरेको हो । यसअघि ओटीटी प्लाटफर्ममा आइसकेको फिल्मलाई केन्द्र मोसन पिक्चर्सको युट्युव च्यानलमा दर्शकले निशुल्क रुपमा हेर्न पाउने छन् ।

हल र ओटीटीमा फिल्म नहेरेका दर्शकलाई युट्युवमा निःशुल्क हेर्ने सुविधा उपलब्ध हुने भएकाले तिहारको समय रोजिएको निर्माण कम्पनिले बताएको छ । हलमा प्रदर्शनको ५१ औँ दिन पुरा गरेको फिल्मले घरेलु बक्स अफिसबाट नै दश करोड बढीको कलेक्सन गर्न समेत सफल भएको थियो ।

बाबु र सन्तानको सम्बन्धको कथामा आधारित यो फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, गौरी मल्ल, नरेश पौड्याल, अरुण क्षेत्री, शिखा तामाङ, कोपिला थापा लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गरेकाछन् । फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य / शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली, मिडिया कसल्टेन दिनेश सिटौला फिल्म्स, पब्लिसिटी डिजाइन ट्राइडेन्ट, सहायक निर्देशक शान्तिम कोइराला र प्रोडक्सन म्यानेजरमा रूपकप्रताप अधिकारी रहेका छन्।

कमेन्ट गर्नुहोस्