कहिले आउछ ‘बोण्ड २५’ ?

जयहोस् । हलिउडमा सफल सिरिज मध्यको एक हो ‘जेम्स बोण्ड’ । स्पाई थ्रिलर यसफिल्मलाई दर्शकले रुचाउने गरेका छन् । सन् १९६२ देखि नै सुरुवात भएको सेरिज विश्वभर चर्चित छ । यसमा विभिन्न समयमा विभिन्न कलाकारले आफुलाई जेम्स बोण्डको रुपमा अगाडी ल्याईसकेका छन् । पछिल्लो समय बोण्डको रुपमा ड्यानियल क्रेग छन् ।

उनि सन् २००६ मा रिलिज भएको फिल्म ‘क्यासिनो रोयल’ देखि नै जेम्स बोण्डको भूमिकामा देखिदै आएका छन् । उनैले ‘बोण्ड २५’ मा पनि आफुलाई स्पाई हिरोको रुपमा प्रस्तुत गर्नेछन । यसको कथाको काम भईरहेको खबर बाहिर आएको छ भने फिल्मको शुटिङ आउदो वर्षको मार्चबाट स्टार्ट हुनेछ । यसको रिलिज डेट १४ फेब्रुअरी २०२० लाई तोकिएको छ ।

कमेन्ट गर्नुहोस्