‘मैले सिउँदोमा सिन्दुर भरे’

फिल्म । अभिनेत्री श्वेता खड्काले विवाह गरेकी छिन् । सोमबार काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउतसँग उनले विवाह गरेकी हुन् । विभिन्न सञ्चारमाध्यममा यस अघि नै उनको विवाहको बारेमा समाचार सार्वजनिक भइसके पनि श्वेताले भने बिहेको अघिल्लो दिन आइतबार मात्र आफ्नो विवाहको बारेमा सामाजिक सञ्जालमार्फत् औपचारिक जानकारी दिएकी थिइन् ।

उनले विवाहपछी पनि सामाजिक सञ्जाल मार्फत फ्लोअर्सलाई जानकारी गराएकी छिन् । ‘मैले सिउँदोमा सिन्दुर भरे’ लेख्दै आगामी दिनको योजनाको बारेमा जानकारी दिएकी हुन् । विवाह अगाडीको स्टाटसमा सहयात्रीको अभावलाई मुल्यांकन गरेकी श्वेताले विवाहपछी साथ् र सहयोगमा अगाडी बढ्ने प्रण व्यक्त गरेकी छिन् । उनले नयाँ जीवन सुरु गरेको भन्दै सामाजिक सञ्जालमा बधाई दिनेहरु धेरै छन् ।

यसअघि उनको नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह भएको थियो । श्रेष्ठको २०७१ साउन २५ गते असामयिक निधन भएको थियो । त्यसपछि उनलाई ‘श्वेताश्री’ पनि भन्ने गरिन्छ ।

अनत्वगोत्वा : मैले सिउँदोमा सिन्दुर भरें , हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन पहिरन भित्र आफुलाई सजाएँ । मैले…

Posted by Shweta Khadka on Monday, December 7, 2020

कमेन्ट गर्नुहोस्