निफमा : प्रत्यक्ष र अनलाइन इभेन्ट

फिल्म । नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ) यसपटक हाईब्रिड हुने भएको छ । कोरोन भाइरस ( कोभिड – १९ ) का कारण परिस्थिति जटील बन्दै गएको र नेपाल सरकारको नयाँ मापदण्ड जारी भएको हुनाले यसपटकको निफका केही इभेन्टहरु प्रत्यक्ष र केही अनलाईन हुने भएको हो । नेपाल सरकारको मापदण्ड अनुसारनै उदघाटन र समापन समारोह गरिने आयोजक संस्थाले जनाएको छ ।

यस्तै, फेस्टिभलका फिल्महरुलाई भने अनलाईन माध्यमबाट प्रसारण गरिनेछ, जसलाई दर्शकहरुले घरमै बसेर हेर्न सक्ने छन् । फेस्टिभलको अर्को महत्वपूर्ण अंगको रुपमा रहेको विभिन्न विषयगत बहसको कार्यक्रम भने प्रत्यक्ष आयोजना गरी विभिन्न अनलाईन माध्यमबाट प्रत्यक्ष प्रसारण गर्नेछ । यसमा दर्शकको उपस्थिति प्रतिनिधिको रुपमा मात्र रहनेछ ।

‘यसपटक हाम्रो फेस्टिभल दर्शकजे घर आँगनसम्म पुग्नेछ’ निफका अध्यक्ष केपी पाठक भन्छन् ,’परिस्थिति अनुकुल नभएकोले यसपटक हामीले हाईब्रिड गर्न बाध्य भयौं ।’ यसअघि फेब्रुअरी महिनाको मध्यमा आयोजना हुँदै आइरहेको निफको यो चौथो संस्करण हो ।

कमेन्ट गर्नुहोस्