प्रभासको पारिश्रमिकनै सय करोड ?

फिल्म । बाहुबली सिरिजमा अभिनय गरेसंगै साउथ मात्र नभई भारतीय फिल्म उद्योगकै महंगा अभिनेतामा पर्छन , प्रभास । उनले अभिनय गरेको ‘साहो’ को व्यापारले उनको क्रेज प्रस्ट्याइ सकेको छ । त्यसपछि उनले ‘राधे श्याम’ नामक फिल्ममा काम गरिसकेका छन् । यिनै प्रभास पछिल्लो समय बलिउडकी दीपिका पादुकोणसंग नयाँ फिल्ममा देखिदैछिन् । नाग आश्विनको निर्दशनमा बन्ने फिल्म बिग बजेटको हुने बताइएको छ ।

यसैसंग जोडिएको खबर बाहिर आएको छ । भारतीय मिडियामा आएको खबरलाई आधार मान्ने हो भने प्रभासले फिल्मको लागि एक सय करोड पारिश्रमिक लिएका छन् । उनले ३० करोड पारिश्रमिक डबिङको निमित मात्र लिएको भारतीय मिडियामा उल्लेख छ । फिल्मको लागि कुनै पनि भारतीय अभिनेताले लिएको पारिश्रमिकमा यो सबै भन्दा बढी हो । साउथकै अभिनेता रजनिकांतले एउटा फिल्म गरेवापत ७० करोड लिने गरेका छन् ।

यसैगरी फिल्ममा अभिनय गरेवापत दीपिकाले २१ करोड पारिश्रमिक पाउदैछिन् । फिल्म तेस्रो विश्वयुद्धको सेरोफेरोमा तयार पारिने बुझिएको छ । यो प्रभाषले अभिनय गर्न लागेको २१ औं फिल्म हो । बलिउडकी सुपरस्टार नायिका दीपिका पादुकोण र साउथका सुपरस्टार प्रभाष एकसाथ पर्दामा देखिन लागेपछि फ्यानको उत्साह पनि बढेको छ । फिल्मलाई सन् २०२२ मा रिलिज गर्ने योजना यसको निर्माणपक्षको छ । हिन्दी, तमिल र तेलुगु भाषामा फिल्मलाई दर्शकले हेर्न पाउनेछन् ।

(एजेन्सी)

कमेन्ट गर्नुहोस्