सङ्गीत । प्रेम, भावना र सम्बन्धको कथालाई प्रस्तुत गरिएको नयाँ नेपाली म्युजिक भिडियो ‘मायालु’ सार्वजनिक भएको छ। युनिक प्रोडक्सनको प्रस्तुति रहेको भिडियोमा सुदीप चापागाईं, कञ्चन परियार र राहुल शाहको अभिनय रहेको छ।
‘माया… जसले टाढा हुन दिँदैन’ भन्ने भावलाई केन्द्रमा राखिएको ‘मायालु’मा प्रेम र बिछोडका भावनालाई सिनेमाटिक शैलीमा प्रस्तुत गरिएको छ। आकर्षक दृश्य र प्राकृतिक परिवेशमार्फत प्रेमकथालाई भिडियोमा दृश्यात्मक रूपमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।
प्रयास बोहोराको निर्देशन रहेको भिडियोको छायांकन दीपु रिजालले गरेका हुन्। काठमाडौंको थलीस्थित एक किसानको फार्ममा छायांकन गरिएको भिडियोमा प्रेम सम्बन्धका उतारचढावलाई प्रस्तुत गरिएको छ।
गीतमा सुजन साम्पाङ र एलिजा प्रधानको स्वर रहेको छ। एलिजे नेवाको शब्द तथा संगीत रहेको गीतमा बिश्वोजित लामाको एरेन्ज तथा अविनाश चापागाईंको मिक्सिङ र मास्टरिङ रहेको छ। गीत धुन स्टुडियोमा रेकर्ड गरिएको हो। भिडियोको पोस्ट–प्रोडक्सन इन्टर मिडिया र मनोज शाहले गरेका छन्।










