नेफ्टाको दशौँ संस्करण नेपालमै

फिल्म । चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको ‘नेफ्टा फिल्म अवार्ड’को दशौं संकरण नेपालमा आयोजना हुने भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेफ्टाले यो बर्षको अवार्ड चैत्र १५ गते आयोजना गर्ने जानकारी दिएको छ ।यसअघिका ४ वटा संकरण प्राविधिक संघले विदेशमा आयोजना गरेको थियो । विगत २ बर्षदेखि भने यो अवार्ड आयोजना हुन सकेको थिएन । यो बर्ष नेफ्टाले अवार्ड कार्यक्रम ‘ड्रिम हाइ नेपाल’सँग सहकार्य गर्दै आयोजना गर्न लागेको हो । ‘नेफ्टा अवार्डको ब्रान्ड र विश्वसनियतालाई हेरेर हामीले सहकार्य गरेका हौं र यो टुँडिखेलमा भव्यताका साथ अवार्डको आयोजना हुनेछ ’ ड्रिम हाइ नेपाल प्रमुख कमल जीसीले भने ।

नेपाल भ्रमण बर्षलाई लक्षित गर्दै यो बर्ष अवार्ड कार्यक्रम नेपालमै आयोजना गर्न लागेको नेफ्टाका अध्यक्ष पुष्कर लामाले जानकारी दिए । विभिन्न ३२ विधामा अवार्ड प्रदान गरिनेछ । साथमा, ‘पपुलर फिल्म, पपुलर नायक, पपुलर नायिका, जनजाती फिल्म तथा लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पनि प्रदान गरिनेछ । घोषणा कार्यक्रममा नायक राजेश हमाल, भूवन केसी लगायतले प्राविधिकहरुको योगदान फिल्म क्षेत्रमा उल्लेखनिय रहेको बताए । कार्यक्रममा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल प्रमुख अतिथीको रुपमा उपस्थित थिए । उनले, चलचित्रकर्मीहरुलाई पर्दामा प्रहरीले गरेका राम्रा कुराहरुलाई पनि बिषयवस्तु बनाइदिन आग्रह गरे ।

कमेन्ट गर्नुहोस्