विवाह अगाडी ‘हेल्लो जिन्दगी’

फिल्म । रमेश उप्रेती स्टारर फिल्म ‘ऐश्वर्य’ बाट फिल्म दुनियाँमा प्रवेश गरेकी अभिनेत्री दीपिका प्रसाइँ आउँदो वैशाख २४ मा निर्देशक दीवाकर भट्टराईसँग विवाह गर्दैछिन् । केहि समय अगाडी मात्र यी दुइले आफ्नो प्रेमलाई स्वीकार गरेका थिए र विवाह गर्ने योजना सार्वजनिक गरेका थिए । विवाहको तयारी भएता पनि दीपिकाले त्यस अगाडी नै फिल्म ‘हेल्लो जिन्दगी’ गर्ने भएकी छिन् ।

केहि दिनमै फिल्मको छायाँकनको लागि बेलायत उड्ने तयारीमा रहेकी दीपिकाले आउँदो वर्ष दुइ फिल्म मार्फत दर्शक माँझ आउने बताइन । ‘छक्का पञ्जा ३ पछी केहि समय ब्रेक भयो अब आउँदो वर्ष दुइ फिल्म मार्फत दर्शकलाई भेट्नेछु’ उनले भनिन् ‘फिल्म छायाँकनको लागि उडे पनि पहिलो सेड्युल सकाएर फर्किन्छु ।’ यतिबेला उनि विवाहको किनमेलमा समेत व्यस्त छिन् ।

फिल्ममा दीपिका अगाडी नै श्वेता खड्का अनुबन्धित भइसकेकी छिन् भने यसलाई सुर्य बोहराले निर्देशन गर्नेछन् । सलोन बस्नेत, विल्सन विक्रम राई, विक्रान्त बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय रहने यो फिल्म विरान्जना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुदैछ । निर्देशक बोहोराकै कथामा फिल्म बन्न लागेको हो । सृजना जोशीले निर्माण गर्ने गर्ने ‘हेल्लो जिन्दगी’ लाई पुरुषोत्तम प्रधानले खिच्नेछन् ।

कमेन्ट गर्नुहोस्