पुर्वसन्ध्यामा कागजपत्रको होली (फोटो फिचर)

फिल्म । होलीको पुर्व सन्ध्यामा राजधानी स्थित पुतलीसडकमा रहेको कफी एभेन्युमा फिल्म ‘कागजपत्र’ युनिटले होलीको शुभकामना आदानप्रदान गरेको छ । फिल्ममा समावेश गीत ‘तिमि जाने बाटो कता’ सार्वजनिक गर्दै फिल्म युनिटले मिडियाकर्मीसँग होलीको सद्वाव साटेको हो । निर्देशक अपिल विष्ट , कलाकार भोलाराज सापकोटा , नाजिर हुसेन , शिल्पा मास्के लगायतले होलीको शुभकामना साटेका हुन् ।

‘निकै खुसि लागेको छ, गीत सार्वजनिकसँगै रङ्गमा रङ्गिन पाएका छौ’ निर्देशक विष्टले शुभकामना दिए । नाजिर र शिल्पाले पनि एकअर्कालाई अविर लगाउदै सद्भाव साटे । इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको फिल्म वर्ल्डवाइड फिल्मस् र अस सिनेमाको संयूक्त व्यानरमा निर्माण भएको हो । फिल्मको कथा निर्देशक विष्टले नै तयार पारेका हुन् । यसअघि उनले ‘झुम्की’ फिल्म निर्देशन गरेका थिए ।

यसको निर्मातामा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी छन् भने किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्मातामा छन् । फिल्ममा बसन्त सापकोटा , हर्कुलस बस्नेत र संगीत सापकोटाको संगीत छ भने निमेष श्रेष्ठको सम्पादन रहेको छ । फिल्मलाई अस्ट्रेलियन सिनेमाटोग्राफर क्यस्मिर डिक्सनले खिचेका हुन् । लोकेन्द्र लेखक, जीवन भट्टराई, लक्ष्मी वर्देवा, अर्जेस रेग्मीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ ।

तस्वीरहरु : आर्यन विमली
कमेन्ट गर्नुहोस्