अस्ट्रेलियामा धिरज र साम्राज्ञीसँगै ‘इन्टु मिन्टु लन्डनमा’

जयहोस् । यसवर्ष प्रदर्शनमा आएका फिल्म मध्य आक्रामक इनिसियल ब्यापार गर्न सफल फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ अस्ट्रेलियामा प्रिमियर हुने भएको छ । एजुकेशन एण्ड माइग्रेसन कर्नरको आयोजनामा फिल्मको प्रिमियर शो सहित विभिन्न सहरमा शो हुने भएको छ । ‘नेपालसुनिएको बाट सुनिएको चर्चा र फिल्मको कलाकारको हाइपले गर्दा यसको अस्ट्रेलिया प्रिमियर र शो गर्न लागेका छौ’ कर्नरका प्रमुख सुनिल उप्रेतीले बताए । एडिलेटमा ११ अक्टुबर , १२ अक्टुबर सिड्नी शो हुने पक्का भएको उप्रेतीले बताउदै मेलबर्नसँगै तासमनिया र क्यानबेरापनि शो हुने जनाए । अस्ट्रेलियाको शो मा सहभागी हुन् फिल्मका कलाकारहरु धिरज मगर र साम्राज्ञी राज्यलक्ष्मी शाह उपस्थित हुनेछन । नेपाली फिल्मको लागि राम्रो बजार मानिने अस्ट्रेलियामा फिल्मलाई लिएर दर्शकमाँझ उत्साह बढेको सञ्चारकर्मी राजन घिमिरेले बताएका छन् । रेनशा वान्तवा राईको निर्देशनमा तयार भएको फिल्ममा सारुक ताम्राकार , विजय लामा , दिलभुषण पाठक , अर्जुन श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ । फिल्मलाई प्रभु शमशेर जबरा र प्रज्वल शमशेर जबराले निर्माण गरेका हुन् ।
कमेन्ट गर्नुहोस्