बलिउड । बाहुबली अभिनेता प्रभासले लगातार फिल्ममा काम गरिरहेका छन् । पछिल्लो फिल्म ‘राधेश्याम’ असफल भएपछि उनले आगामी प्रोजेक्टमा निकै ध्यान दिएका छन् । उनको प्रोजेक्ट के, आदिपुरूष, सलार लगायतका फिल्म प्रदर्शनको पर्खाइमा छ । यद्दपि उनी आउँदो नेक्स्ट प्रोजेक्टका कारण चर्चामा छन् । बलिउडमा ब्याङ्ग ब्याङ्ग, वार, पठान जस्तो फिल्म निर्देशन गरेका सिद्धार्थ आनन्दसँग उनले फिल्म गर्ने खबर चर्चामा छ ।
सामाजिक सञ्जालमा सिद्धार्थको एक्सन र एडभेन्चर फिल्ममा प्रभास जोडिएको चर्चाछ । यस विषयमा दुवै पक्षले आधिकारिक रूपमा बयान नदिएता पनि प्रभासका फ्यान उत्साहित भएका छन् । एक्सन जनरामा ठुलो क्यानभासमा फिल्म बनाउन सक्ने भएकै कारण सिद्धार्थसँग प्रभासको फिल्म प्रतीक्षित हुने भनिएको छ । भारतको महँगो फिल्म मध्येको एक हुने अनुमान गरिएको छ ।
प्रभासलाई यो वर्ष दर्शकले तीन फिल्ममा हेर्न पाउनेछन् । जुनमा आदिपुरूष, सेप्टेम्बरमा सलार र डिसेम्बरमा प्रोजेक्ट के प्रदर्शन हुने तयारी छ ।











