फिल्म । आजदेखि नेपाली फिल्म ‘नरसिंहा अवतार’ प्रदर्शन भएको छ । अभिनेता राजेश हमालको आठ वर्षपछिको पुनरागमन फिल्म ‘नरसिंहा अवतार’ लाई एक्सन विधामा तयार गरिएको छ । दिवाकर भट्टराई निर्देशित ‘नरसिंहा अवतार’ ले देशभर १ सय ३३ शो पाएको छ ।
राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, नीर शाहलगायतका कलाकारको अभिनय रहेको यो फिल्मको अग्रिम बुकिङ मंगलबारदेखि खुला भएको थियो । चन्द्र पन्तको कथा, राजु तामाङको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र समीर मियाको भिएफएक्सले यो फिल्म भव्य बनेको छ ।
नवीन चौहान निर्देशित ‘ऊनको स्वीटर’ ले तेस्रो हप्तामा १ सय १२ शो पाएर बलियो व्यापार गरिरहेको छ । विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बुलगायतको अभिनय रहेको फिल्मलाई दर्शकले रुचाएका छन् । गत हप्ता रिलिज भएको ‘के घर के डेरा’ ले १९ शो पाउनुका साथै ‘पिताम्बर’, ‘अञ्जिला’ र ‘लाज शरणम्’ पनि प्रदर्शनरत छन् ।
यसका साथै हलिउडको ‘मिसन इम्पोसिबल: द फाइनल रेकोनिङ’, डिज्नीको ‘लिलो एन्ड स्टिच’ र बलिउडको ‘भूलचुक माफ’, ‘फाइनल डेस्टिनेसन: ब्लडलाइन्स’, ‘रेड २’, ‘थन्डरबोल्ट्स’ लगायतका विविधताले दर्शकलाई फरक स्वाद प्रदान गर्नेछ ।