फिल्म । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘सेन्टी भाइरस’को सेन्टिमेन्टल गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । ‘ए नि लै’ बोलको गीतमा हर्क साउदको शब्द तथा संगीत रहेको छ भने यसमा सुशान्त गौतमको स्वर छ । सार्वजनिक गीतमा पात्रहरुको स्याद मुडलाई देखाईएको छ । गीतले आफै भित्र रुम्म्लिएका पात्रको वेदनालाई प्रस्तुत गरेको आभाष गर्न सकिन्छ ।
फिल्ममा धुर्मुस र सुन्तलीको उपनामले परिचित जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरे छन् । टेलिफिल्म ‘मेरी बासैँ’ मार्फत दर्शक माँझ स्थापित यो जोडीलाई पर्दामा नदेखिएको लामो समय भईसकेको छ । ४ वर्ष अगाडी गएको महा भुकम्पपछि यो जोडी अभिनय भन्दा पनि सामाजिक कार्यमा लाग्यो । त्यसपछि सानो र ठुलो पर्दामा यिनीहरुलाई देख्ने ईच्छा दर्शकको पुरा भएको छैन । यसपटक यो जोडी निर्माता समेत बनेर आउदैछन् । फिल्ममा पनि यी दुइ जोडी नै छन् ।
फिल्ममा धुर्मुस र सुन्तलीसंगै दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, वसन्त भट्ट, कमलमणि नेपाल, सन्दिप क्षेत्री, पवन खतिवडा, एलिशा राई, सुनीता घिमिरेलगायतको अभिनय छ । फिल्मको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ । सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्मित फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । फिल्म ‘सेन्टी भाइरस’ लाई धुर्मुस र सुन्तलीले निर्माण गरेका हुन् । फिल्ममा धुर्मुस सुन्तली सहित अभिनेता दयाहाङ राई, कलाकार सन्दिप क्षेत्री, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणी नेपाल लगायत कलाकारहरुको अभिनय छ । रामबाबु गुरुङ निर्देशित फिल्म राजनीतिक विषयमा बनेको छ ।










