श्रद्धाको डियर पुष्प (भिडियो)

0 Shares

फिल्म । लभस्टोरी फिल्म ‘कृष्ण लीला’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । आउँदो चैत्र २७ गतेबाट प्रदर्शनमा आउने फिल्मको निर्माण टिमले शुक्रवार ‘डियर बन्न मन छ’ बोलको रोमान्टिक गीत सार्वजनिक गरेको हो । गीतमा गायक निशान भट्टराई र गायिका समिक्षा अधिकारीले स्वर दिएका छन् । अर्जुन पोखरेलको संगीत र नारायण प्रसाद बाँस्कोटाको शब्द रचना रहेको गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।

गीतमा फिल्मका मुख्य नायक पुष्प खड्का र मुख्य नायिका श्रद्धा क्षेत्रीसहित कलाकारहरु बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ लगायत फिचर छन् । दीपक ओलीको निर्देशनमा बनेको ‘कृष्ण लीला’ मा नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाई लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । शिव ढकालले खिचेको फिल्ममा अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व छ ।

फिल्मको प्रस्तुतकर्ता रोहित कट्टेल हुन् । पूर्वी इलाम आसपासमा खिचिएको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरिरहेका छन् । फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता, प्रकाश राज कार्की र केवल तामाङ निर्माता, पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह-निर्मातामा छन् ।

कमेन्ट गर्नुहोस्