संगीत । गायकद्वय लीला श्रेष्ठ र नकुल थापाको सहकार्यमा ‘रातो कार’ बोलको लोक दोहोरी गीत भिडियोसहित सार्वजनिक गरिएको छ। गीतको भिडियो हालै त्रीपुरा म्युजिक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो। त्रिपुरा म्युजिकको प्रस्तुति रहेको गीतमा लीला र नकुलका साथमा गायिकाद्धय स्मृती गौतम तथा सानु धमलाको स्वर रहेको छ। गायक लीलाकै लय र संगीत रहेको गीतलाई पूर्ण गुरुङले एरेञ्ज गरेका हुन्।
गीतमाथि बनेको आकर्षक भिडियोमा मोडलहरु लोमस शर्मा र अनु पराजुलीको साथमा सुदीप श्रेष्ठ, सुमन श्रेष्ठ, दीपा तामाङ र रुपा तिमल्सिनाको अभिनय र नृत्य रहेको छ। गायक तथा सर्जक लीलाको सरर बसको झ्यालैमा, मलाई माया,कमल फूल फुल्यो,हातमा घडीजस्ता गीत चर्चित छन् भने गायक नकुलले यसअघि कर्कलाको पानी, पीपलु र वर, सुनकोसीमा बलेफी दोभानजस्ता गीत सार्वजनिक गरिसकेका छन्।
मिलन श्रेष्ठले निर्देशन गरेको भिडियो राजाराम सिखडाले कोरीयोग्राफ गरेका छन् भिडियमो सन्तोष तिमल्सिनाको छायांकन र रोशन धितालको सम्पादन रहेको छ।

