फिल्म । आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘बाबरी’ टिमले मोसफल टुर गरिरहेको छ । टुरकै क्रममा पोखरा पुगेको टिमले आइतबार दर्शकसँग साक्षात्कार गर्यो । अभिनेता धिरज मगर, धिरज नाडकर, कमलमणि नेपाल, अभिनेत्री अदिति बुढाथोकी र निर्मात्री पुष्पलता बुढाथोकीले स्थानीयलाई फिल्मको बारेमा जानकारी गराएका हुन् । स्थानीय क्याम्पसहरुमा धिरज, अदिति र धिरज पुग्दा विद्यार्थीहरु सेल्फी र अटोग्राफ लिन झुम्मिएका थिए ।
कलेजको विद्यार्थीहरुसँग फिल्मको संवाद बोल्ने , गीतमा नाच्ने लगायतका गतिविधि टिमले गरिरहेका थिएँ । साक्षात्कारकै क्रममा धिरजले फिल्म पूर्ण मनोरन्जक रहेको बताए । ‘फिल्मले दर्शक कहीँ कतै बोर हुन् दिदैन । यो दसैँ बाबरीसँग मनौनुहोस’ उनले भने । शिर्ष भूमिकामा रहेकी अदितिले फिल्मले युवालाई टार्गेट गरेको बताइन । ‘हाम्रै उमेर समुहको प्रेममा आउने उतारचढावको कथा हो । कलरफुल रोमान्टिक लभ स्टोरी दसैँमा ल्याउदै छौँ’ उनले भनिन् ।
डेब्यु ब्वाई धिरजले पनि पाइरहेको मायालाई धन्यवाद दिएँ । ‘डेब्यु फिल्ममै मैले पाइरहेको माया , रेस्पोन्स निकै अद्भुत छ । धन्याद’ उनले भने । सुरेन्द्र पौडेलको निर्देशन र सम्पादन रहेको ‘बाबरी’ले त्रिकोणात्मक प्रेमकथा भन्छ ।
फिल्ममा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतका कलाकारहरुको पनि अभिनय छ । गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले निर्माण गरेको फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको संगीत छ ।











