अक्षय भन्छन ‘हरेक दिन सुर्योदय हेर्न पाउछु’

बलिउड । एक्टर अक्षय कुमारको फिटनेसको बारेमा कमै अनविज्ञ छन् होला । किनकी उनको लाइफ अनुसासित छ । उनले यस लाइफलाई आफुले इन्जोय गर्ने गरेको बताएका छन् । उनि अभिनित साउथ इण्डियन फिल्म ‘२.०’ को ट्रेलर लन्चमा बोल्दै आफुलाई यो लाइफ मन पर्ने बताए । ‘मैले कसैको प्रेसरमा यसलाइफलाई जिएको होइन , यसलाई मा इन्जोय गर्छु’ अक्षयले भने ।

उनले आफुले हरेक दिन सुर्योदय देख्ने गरेको बताए । आफ्नो बुवा आर्मी भएकोले आफुमा यो वानीको विकास भएको समेत उनले बताए । ‘म गर्व गर्छु कि हरेक दिन सुर्योदय हेर्न पाउछु’ अक्षयले भने ‘म बिहानै ४ बजे उठ्छु , किनकी यो मैले नै आफुलाई बनाएको नियम हो ।’ उनको फिटनेसको चर्चा बि-टाउनमा राम्रै हुनेगर्छ । उनि नजिकको शुटिङ सेटसम्म हिडेरै जाने गर्छन भने बिहानै दैनिक जिम गर्ने गर्छन ।

 
View this post on Instagram
 

A post shared by Akshay Kumar (@akshaykumar) on

कमेन्ट गर्नुहोस्