‘डिग्री माइला’ : दुई दिनमा तीन करोड ग्रस

फिल्म । नयाँ वर्षको अवसरमा गत चैत ३० देखि प्रदर्शन भइरहेको ‘डिग्री माइला’ले दुई दिनमा तीन करोड छ लाखको ग्रस कलेक्सन गरेको निर्माण पक्षले दावी गरेको छ । निर्माता मणिराम पोखरेलका अनुसार फिल्मले अपेक्षाकृत व्यापार गरिरहेको छ । ‘यो सिक्वेल नभएको, कबड्डी शृंखला भन्दा फरक प्रस्तुती भएकाले हामीले उक्त शृंखलाले गर्ने व्यापार सोचेका थियानौं’, निर्माता पोखरेलले भने ।

निर्माण पक्षका अनुसार फिल्मले रिलिजको पहिलो दिन ९८ लाख र दोश्रो दिन शनिबार २ करोड ८ लाख ग्रस कलेक्सन गरेको छ । बाँसुरी फिल्मस्ले हरेक पटक दर्शकको चाहाना अनुसार नै फिल्म निर्माण गरिरहेकाले उनीहरुले हामीलाई विश्वास गरेका बताउँछन् ।

रामबाबु गुरुङ निर्देशित फिल्मले आफ्नो मास्टर डिग्रीको शैक्षिक योग्यताको अहमताले भरिएको ‘डिग्री माइला’ पात्रा र समाजले ऊसँग राखेको अपेक्षा तथा परिस्थितिजन्य तनावको कथा पेस गर्छ। दया र रामबाबुको जोडीले आफूलाई प्रमाणित गरेको वितरक तथा हलवालाको भनाइ छ । फिल्ममा दयासँगै आँचल शर्मा, प्रकाश घिमिरे, बुद्धि तामाङ, विजय बराल लगायतको अभिनय रहेको छ।

कमेन्ट गर्नुहोस्