संगीत । गायिका गीता राईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘कान्छा रे’बोलको गीत शुक्रबार सार्वजनिक भएको हो । कन्चन सिंहको शब्द रहेको गीतमा संगीत सन्तोष प्रगाढ राईको रहेको छ ।
गीतको भिडियोमा गायिका राई र अभिनेता दिक्पाल कार्कीको अभिनय रहेको छ । सुवास राइको र्याप समाबेश गीतको भिडियोको निर्माता दिल रसाइली हुन् । दिलिप ओखेडाले निर्देशन गरेको भिडियो ज्ञानेन्द्र शर्माले छायांकन र टेकेन्द्र शाहले सम्पादन गरेका छन्।
कमेन्ट गर्नुहोस्