नयाँ वर्षमा ‘पिताम्बर’

फिल्म । कृषा चौलागाई निर्देशित फिल्म ‘पिताम्बर’ आउँदो नयाँ वर्षलाई लक्षित गर्दै चैत २९ मा प्रदर्शन हुने भएको छ । निर्माण टिमले फिल्मको फस्टलुक सार्वजनिक गर्दै चैत २९ गते रिलिज घोषणा गरेको हो । कृषा चौलागाईंको निर्देशनमा तयार भएको फिल्मलाई उनले ड्रिम प्रोजेक्ट भनेकी छिन् ।

‘पिताम्बर’को सार्वजनिक पोस्टर आकर्षक देखिएको छ । पोस्टरमा मुख्य तीन कलाकार प्रदीप खड्का, सौगात मल्ल र दयाहाङ राई फिचर्ड छन् । रगताम्मे प्रदीपले प्रमुख स्थान पाएको पोस्टरमा आक्रामक शैलीमा बन्दुक चलाइरहेका सौगात देखिन्छन् । दयाहाङको अनुहारमा भने रिस देखिन्छ । शुक्रबार सार्वजनिक पोस्टरले यो फिल्म एक्सनप्रधान रहेको प्रष्ट भएको छ । यद्यपि पोस्टरमा दया र सौगातको तुलनामा प्रदीपलाई बढी स्थान दिईएको छ ।

‘पिताम्बर’ मा दिव्या रायमाझि, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।

केपी फिल्मसले पुरुषोत्तम प्रधान फिल्मससँग सहकार्य गरेको ‘पिताम्बर’लाई पुरुषोत्तम प्रधानले खिचेका छन् । यसका निर्मातामा विशाल चौलागाई छन् । प्रदीप भारद्धाजको लेखन र हिमाल केसीको द्धन्द्व निर्देशन रहेको फिल्मलाई निर्देशक चौलागाईंले ‘लार्ज स्केल’ मा बनाएकी छन् ।

कमेन्ट गर्नुहोस्