‘न यता न उता’ ट्रेलर रिलिज (भिडियो)

फिल्म । केहि समेत अगाडी टिजर र गीत सार्वजनिक गरेको फिल्म ‘न यता न उता’ को राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा दुइ युवा विवाहका लागि नेपाल आउने र त्यसपछि घट्ने घटनालाई देखाइएको छ । फिल्म मिराज रोश र समिर दीक्षित मुख्य भूमिकामा छन् । यी दुइले दिलममा लण्डनमा बस्ने नेपालीको भूमिका निर्वाह गरेका छन् । फिल्ममा समीर र मिराजसँगै ऋचा शर्मा , छुल्ठिम गुरुङ, बुद्धि तामाङ , रविन्द्र झा , नम्रता सापकोटा , कमलमणि नेपाल , राजाराम पौडेल , सिल्सा जिरेल लगायतको अभिनय रहेको छ ।

कमेडी जनरमा तयार फिल्मलाई मिराज र विशारद बस्नेतले संयुक्त रुपमा निर्देशन गरेका हुन् । ‘मैले एउटा नाटकमा अभिनय गर्दै गरेको देखेपछि यो रोल समिरजीलाई अफर गरेको हु’ मिराजले कन्सेप्ट फुर्दाको दिनलाई सम्झिदै भने ‘फिल्मलाई रमाइलो बनाउने कोसिस गरेका छौ र कथा अनुसार चयन गरेका हौ ।’ओम गुरुङ र रिना लामा कार्यकारी निर्माता रहेको फिल्ममा अमित अर्याल, बिजय अवाले, बिनिता अधिकारी, डाक्टर निराजन शर्मा लगायतको लगानी रहेको छ । यसमा राजन इशान र मिलन जलानको संगीत, विक्रम स्वारको कोरियोग्राफी, अरोन अशोक कुमारको छायाँकन, निदेशक मिराज रोशको कथा, अभिमन्यु निरबीको पटकथा तथा सवांद, विपिन मल्लको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्