आमिरको फिल्ममा सलमान र शाहरुख

फिल्म । बलिउडमा सलमान खान , शाहरुख खान र आमिर खानले आफ्नो स्टारडम बनाइसकेका छन् । सन् १९६५ मा जन्मिएका तिनै खान बलिउडका शान हुन् । तर , यिनले साथमा फिल्म गरेका छैनन् । पछिल्लो समय यी तिनैलाई दर्शकले ‘आपकी अदालत’ को एक इभेन्टमा देखेका थिए । त्यसयता यिनीहरु साथमा देखिएका छैनन् यद्दपी सलमान र शाहरुखले साथमा काम गरेका छन् ।

अब भने आमिरको महत्वकांक्षी फिल्म ‘लाल सिंह चड्डा’ मा सलमान र शाहरुखले केमियो गर्ने भएका छन् । संघर्षका दिनमा एकअर्कालाई सपोर्ट गर्दै बलिउडमा स्थापित बनेका तिन खान पहिलो पटक एकै फिल्ममा हुनेछन् । यद्दपी एउटै फ्रेममा भने होइन । फिल्ममा आमिरको बाल्यकाल देखि बृद्धसम्मको जीवन यात्रा र भोगाईलाई देखाइने छ । यसैले गर्दा उनको जर्नीमा सलमान ‘प्रेम’ अवतारमा प्रस्तुत हुनेछन् । उनले फिल्मको छायांकन आउँदो ८ तारिकबाट गर्ने बताइएको छ ।

मैने प्यार कियाको क्यारेक्टरमा सलमान फिल्ममा प्रस्तुत हुनेछन् । यस्तै , शाहरुख पनि उनको फेमस क्यारेक्टर राजको अवतारमा प्रस्तुत हुनेछन् । यी दुइको लागि उक्त समयको सेट री-क्रिएट गरिनेछ । पछिल्लो फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ को असफलतापछी आमिरले फिल्म ‘लाल सिंह चड्डा’ चुनेका हुन् । ओस्कार विजेता टम ह्याक्सको ‘फरेस्ट गम्प’ मा आधारित फिल्म ‘लाल सिंह चड्डा’ मा आमिर शिर्ष भूमिकामा छन् । फिल्ममा उनको बाल्य अवस्था देखि वृद्ध अवस्थासम्मको यात्रा र बदलिदो संसारलाई देखाइनेछ । यसमा आमिरको अपोजिट कास्टमा करीना कपूर खान छिन् । फिल्मका निर्देशन अद्वैत चन्दन र स्क्रिनप्ले अतुल कुलकर्णीले गरेका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्