संगीत । अभिनास घिसिङ्ग , सुवानी मोक्तान र अराज केशवको संयुक्त गायनमा ‘माथिल्लो लेक’ मा बोलको गीत सार्वजनिक भएको छ । यी तिनैको संयुक्त गायन रहेको गीतको भिडियो पनि यिनैमा केन्द्रीत रहेको छ । गीतलाई पार्टी गीत अनुसार तयार गर्ने कोसिस गरिएको छ ।
गीतमा राजिव समरको कोरियोग्राफी रहेको छ । उनले लिप्सिङ्ग शैलीमै गायक गायिकालाई प्रस्तुत गरेका छन् । सेलो टोनमा रहेको गीतको छायांकन मिलन शंकरले गरेका हुन् भने यसको छायांकन निर्देशक अनिल के मानन्धर हुन् । गीतलाई विभोर पोखरेलले निर्देशन गरेका छन् ।
कमेन्ट गर्नुहोस्












